ॐ
बुद्ध शरणम गच्छामी
ॐ
धङम शरणम गच्छामी
ॐ
सङम शरणम गच्छामी
ॐ
आमा...
मलाई गर्व छ तिमीमा
मलाई गर्व छ नेपालमा
असार साउनको सिमसिमे झरीमा
घुम ओडि जाऊँ है साथी बीउ रोप्न गह्रैमा
असार साउनको सिमसिमे झरीमा
झरीमा
घुम ओडि जाऊँ है साथी बीउ रोप्न गह्रैमा
धानको बिउ चुबु चुबु चुबु चुबु रोपेर्
रोपेर्
आऊ मिली गाऊँ है साथी सबै एकै सुरमा
जे गर्नु यहीँ छ गर्नु यही माटोमा मरेर
केही दिनु अमर छ बन्नु यही माटोमा मरेर
असोज कात्तिकको सिन्दुरे साँझमा
आऊ खेलौँ लङ्गुर बुर्जा दाउ थापौ बुर्जामा
असोज कात्तिकको सिन्दुरे साँझमा
साँझमा
आऊ खेलौँ लङ्गुर बुर्जा दाउ थापौ बुर्जामा
लट्टाइमा रङ्हरुको धागो बेरेर
बेरेर
जाऊँ हिँड साइँली माइली पिङ खेलौ मच्चेर
टीका र चेली आशिष यही माटोमा थापेर
देउसी र भैलोको गुञ्जन यही माटोमा सुनेर
पुस माघको जाडोले थरथरी काम्दछ जिउ
टन्नै छ अन्न प्रशस्त चामल र घिउ
चैत र वैशाख वसन्तको आगमन
धनी संस्कृतिले सिर्जेका छन् यी जीवन
आमा...
मलाई गर्व छ तिमीमा
मलाई गर्व छ नेपालमा
बार्है महिना हिउँसँग खेलेर
खेलेर
हाँस्दै-रम्दै छे हिमाल गगनलाई चुमेर
नाच्दै छ नदी छमछम बगेर
गाउँबेँसी बनपाखासँग दोहोरी खेलेर
थाक्नु त मरेर थाक्नु मान्ने होइन थाकेर
जित्नु त गरेर जित्नु हार्ने होइन थाकेर
जे गर्नु यहीँ छ गर्नु यही माटोमा मरेर
केही दिनु अमर छ बन्नु यही माटोमा मरेर
थाक्नु त मरेर थाक्नु मर्नु होइन थाकेर




