आमा भन्दै रुन पाऊँ बिराउँदा बाटो
मुटु दुख्दा छुन पाऊँ (एक मुठ्ठि माटो) -२
आमा भन्दै रुन पाऊँ बिराउँदा बाटो
छाती माथि रोपेको छु फरफराउने झण्डा
छाती माथि रोपेको छु फरफराउने झण्डा
मैले टेक्ने जमिन ठुलो आफ्नै प्राण भन्दा
मैले टेक्ने जमिन ठुलो आफ्नै प्राण भन्दा
शिरमाथि माटो राख्ने आमाको त्यो अर्ति
आत्मा भन्दा निकै प्यारो म जन्मेको धर्ति
आमा भन्दै रुन पाऊँ बिराउँदा बाटो
माटो सित मुटु साट्नु मेरो महान् धर्म
माटो सित मुटु साट्नु मेरो महान् धर्म
स्वदेशको सपुत भन्न नहोस् मलाई शर्म
स्वदेशको सपुत भन्न नहोस् मलाई शर्म
चन्द्र सूर्य झल्मलाउँछ सधैं मुटु भित्र
ढुक-ढुकिमा सलबलाउँछ आमा तिम्रै चित्र
आमा भन्दै रुन पाऊँ बिराउँदा बाटो
बिराउँदा बाटो
मुटु दुख्दा छुन पाऊँ एक मुट्ठि माटो


